सांसद निलम्बन फुकुवा माग गर्दै काेइरीले दिए निवेदन
सांसद कोइरीले आफ्नो निलम्बन फुकुवा गरेर अहिलेसम्मको सेवासुविधा दिलाउन माग गरेका छन्।
काठमाडौं, पुस ८ : एमाले सांसद लक्ष्मी महतो कोइरीले आफूमाथिकाे निलम्बन फुकुवा माग गर्दै निवेदन दिएका छन्।महोत्तरी १ बाट निर्वाचित उनले संघीय संसद सचिवालयमा निलम्बन फुकुवाका लागि दिएका हुन्।
मधेस आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार उनी हाल निलम्बित अवस्थामा छन्।
उनले मंसिर २८ गते महोत्तरी जिल्ला अदालतबाट सफाइ पाएका थिए। सांसद कोइरीले आफ्नो निलम्बन फुकुवा गरेर अहिलेसम्मको सेवासुविधा दिलाउन माग गरेका छन्।
संघीय संसद सिचवालयले सांसद कोइरीको पत्र प्राप्त भएको बताउँदै के गर्ने भनी निर्णयको प्रक्रियामा रहेकाे बताएकाे छ।
प्रकाशित मिति: १५:२९ बजे, आइतबार, पुस ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











