Kathmandu Press

सुन तस्करी गिरोहले १३८ किलो सुन ल्याएको समितिको निष्कर्ष 

घलेसहितको समूहले एक क्विन्टल ३८ किलो सुन तस्करी गरेको ठहर छानबिन समितिको छ। घले गत मंसिर २२ गते पछिल्लो पटक १४ किलो सुनसहित विमानास्थलबाट समातिएका थिए।
सुन तस्करी गिरोहले १३८ किलो सुन ल्याएको समितिको निष्कर्ष 

काठमाडौं, पुस ८ : १४ किलो सुनसहित दुबईबाट काठमाडौं आएका चन्द्र घले पक्राउपछि शुरु गरिएको छानबिनले घलेसहित तश्करीमा गिरोह संलग्न रहेको निष्कर्ष निकालेका छ।  

घलेसहितको समूहले एक क्विन्टल ३८ किलो सुन तस्करी गरेको ठहर छानबिन समितिको छ। घले गत मंसिर २२ गते पछिल्लो पटक १४ किलो सुनसहित विमानास्थलबाट समातिएका थिए। उनीसँगै गोरखाका मीनबहादुर घले पनि समातिएका थिए।

समितिको छानविनले मीनबहादुरले दुबईमा बसोबास गर्दै आएका अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करी गर्दै आएको समेत औंल्याएको छ। विमानास्थलमा चाँजोपाँजो मिलाउन डीबी भन्ने दनबहादुर गुरुङलाई प्रयोग गरेको निश्कर्षमा समिति पुगेको छ।

समितिले विमानास्थलबाट सुन बाहिर पठाउन नागरिक उड्ययन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, करारका पूर्व कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने कार्यालय सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतले भूमिका खेलेको निश्कर्ष समेत निकालेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन प्रकरणमा छानबिन गर्न भन्सार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानवि समिति गठन गरेको हो। समिति सदस्यमा प्रहरी नायव उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना छन्।

प्रकाशित मिति: १५:०१ बजे, आइतबार, पुस ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्