Kathmandu Press

उच्च अदालतमा पेसी तारिख अटोमेसन सुरु

उच्च अदालतमा पेसी तारिख अटोमेसन सुरु

काठमाडौं, पुस ८ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबारदेखि उच्च अदालतमा पेसी तारिख अटोमेसनको शुभारम्भ गरेका छन्। 

प्रधानन्यायाधीश श्रेष्ठले उच्च अदालत पाटनबाट पेसी तारिख अटोमेसनको शुभारम्भ गरेका हुन्। अब उप्रान्त उच्च अदालत र इजलासहरूमा अटोमेसनको अभ्यास पूर्ण रूपमा गरिने भएको छ।

सेवाग्राहीले दर्ता भएका मुद्दामा सफ्टवयेरमा दर्ता भएपछि अटोमेटिक रूपमा मुद्दाको पालो आउने पेसी पाउनेछन्। श्रेष्ठले अटोमेसनमा पेसी तारिखको पहिलो सेवा सेवाग्राही होमबहादुर श्रेष्ठलाई दिलाएर कार्यक्रम शुरु गरका थिए।

यसअघि सर्वोच्च अदालतमा गत भदौ ११ गतेदेखि पेसी तारिख अटोमेसनमा तोक्ने अभ्यास सुरु गरिएको थियो। 
 

प्रकाशित मिति: १३:२९ बजे, आइतबार, पुस ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्