कुँवर र पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस
आइतबार बिहान बसेको परिषद बैठकले उच्च अदालतमा न्यायाधीश नियुक्तिको सिफारिस गरेको हो। कुँवरलाई उच्च अदालतका न्यायाधीशहरूमध्ये वरीयतामा अगाडि रहने गरी सिफारिस गरेको छ।
काठमाडौं, पुस ८ : न्यायपरिषदले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिस्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफासि गरेको छ।
आइतबार बिहान बसेको परिषद बैठकले उच्च अदालतमा न्यायाधीश नियुक्तिको सिफारिस गरेको हो। कुँवरलाई उच्च अदालतका न्यायाधीशहरूमध्ये वरीयतामा अगाडि रहने गरी सिफारिस गरेको छ।
परिषद्ले कुँवरलाई पाटन उच्च अदालतमा र पौडेललाई पोखरा उच्च अदालतमा पदस्थापनका लागि पनि सिफारिस गरेको जनाइएको छ। परिषदले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश चन्द्रबहादुर सारुको नेपालगन्ज इजलासमा सरुवा गर्ने निर्णय समेत गरेको छ।
उच्चमा सिफारिस भएका कुँवरले यसअघि दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश छँदा सिफारिस गरिएको न्यायाधीश पदमा मर्यादाक्रमको प्रश्न उठाउँदै अस्वीकार गरेका थिए। कुँवरलाई उच्च अदालतका न्यायाधीशहरूमध्ये वरीयतामा अगाडि रहने गरी सिफारिस गरिएपछि राजी भएका हुन्।