Kathmandu Press

नेपाल प्रहरीका सई भक्तपुरमा मृत भेटिए

नेपाल प्रहरीका सई भक्तपुरमा मृत भेटिए

भक्तपुर, पुस ८ : भक्तपुरको सिपाडाेलमा एक प्रहरी मृत भेटिएका छन्। सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा प्रहरी नायब निरीक्षक (सई) ४४ वर्षीय बालकृष्ण उपाध्याय घिमिरे मृत भेटिएका हुन्।

उनी प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौंमा कार्यरत थिए। उनी आफ्नै घरको तेस्रो तलामा सुत्ने कोठाभित्र मृत फेला परेको भक्तपुर प्रहरी परिसरले जनाएकाे छ। उनी के कारणले मृत्यु भएका हुन् भन्ने खुल्न बाँकी छ।

उनी मृत फेला परेको जानकारी पाएलगत्तै प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको टोली घटनास्थल पुगेको थियो। यस सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १२:५५ बजे, आइतबार, पुस ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्