बालुवाटारमा शीर्ष नेताको छलफल, संक्रमणकालिन न्यायसम्बन्धी विषयमा सहमति जुटाउने प्रयास
संक्रमणकालिन न्यायसम्बन्धी विषयमा सहमति जुटाउन प्रधानमन्त्री दाहालको बैठकमा शीर्ष नेताबीच छलफल भएको हो।
काठमाडौं, पुस ८ : प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुबीच छलफल भएको छ।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन्। बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सभागी छन्।
संक्रमणकालिन न्यायसम्बन्धी विषयमा सहमति जुटाउन प्रधानमन्त्री दाहालको बैठकमा शीर्ष नेताबीच छलफल भएको हो।
प्रकाशित मिति: १०:४५ बजे, आइतबार, पुस ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार