Kathmandu Press

‘राजनीतिक धुव्रीकरण आवश्यक छ’

मुलुकलाई नीतिगत पथमा डोर्याउन नसकेसम्म लोकतन्त्र सही बाटोमा जान नसक्ने उनको भनाइ छ।
‘राजनीतिक धुव्रीकरण आवश्यक छ’
फाइल तस्बिर।

काठमाडौं पुस ७ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक धुव्रीकरण आवश्यक रहेको बताएका छन्।

ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालयमा आज बागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले नीतिगत श्रेष्ठताका आधारमा राजनीतिक नेतृत्व ध्रुवीकरण हुनुपर्ने बताए।

‘देश बनाउने हो भने राजनीतिक ध्रुवीकरण अपरिहार्य छ’, महासचिव पोखरेलले भने, ‘जनताले विकास र परिवर्तन खोजेका छन्, देशको विकास र समृद्धिका लागि एमालेको विकल्प छैन्।’

उनले देश जोगाउने र स्वाधिनता बलियो बनाउने हो भने एमालेलाई नै रोज्नु पर्ने बताए। मुलुकलाई नीतिगत पथमा डोर्याउन नसकेसम्म लोकतन्त्र सही बाटोमा जान नसक्ने उनको भनाइ छ।

महासचिव पोखरेलले मुलुकलाई अगाडि बढाउन आर्थिक, सामाजिक विकास र रुपान्तरणको कामलाई तीव्रता दिनुपर्ने बताए।

प्रकाशित मिति: १९:४७ बजे, शनिबार, पुस ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्