Kathmandu Press

भारत–नेपाल अन्तर्राष्ट्रिय काव्योत्सवमा तीन कृति विमोचन

भारत–नेपाल अन्तर्राष्ट्रिय काव्योत्सवमा तीन कृति विमोचन

पिथौरागढ (भारत), पुस ७ : भारत–नेपाल अन्तर्राष्ट्रिय काव्योत्सवमा तीन कृति विमोचन गरिएको छ।  भारतको पिथौरागढमा आयोजित काव्योत्सवमा नेपालका तीन साहित्यकारका कृति विमोचन गरिएको हो। 

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले साहित्यकार कैलाश पाण्डेयको कविता सङ्ग्रह ‘एकलव्यको देशमा’, कवि गणेश नेपालीको कविता सङ्ग्रह ‘एकलव्य’ र गीतकार कृष्णसिंह पेलाको मुक्तक सङ्ग्रह ‘फूलको प्रहार’ विमोचन गरे। 

रावलले कृति विमोचन गर्दै दुई देशबीच पुरानो सांस्कृतिक एवं सामाजिक सम्बन्ध रहेको बताए। 'उत्तराखण्ड र सुदूरपश्चिमको सबै रीतिरिवाज र परम्परा एउटै हो', उनले भने, 'सांस्कृतिक एवं परम्पराले एकताको पहिचान दिलाएको छ।' दुई देशको सिमाना फरक भए पनि सांस्कृतिक सम्बन्धले सम्बन्ध प्रगाढ बनाएको उनको भनाइ थियो। 

उत्तराखण्डका डा पीताम्बर अवस्थीले साहित्यिक कार्यक्रमले दुई देशको सम्बन्ध प्रगाढ बनाउन टेवा पुगेको बताए। 'हाम्रा सांस्कृतिक परम्पराले दुई देशको सम्बन्ध थप बलियो बनाएको छ', उनले भने, 'सयौँ वर्ष पुरानो रोटीबेटीको सम्बन्ध अहिले पनि उस्तै रहेको छ।' उनले समयसमयमा हुने यस्ता साहित्यिक कार्यक्रमले दुई देशबीच एकताको सन्देश दिएको बताए।

प्रकाशित मिति: १७:३० बजे, शनिबार, पुस ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्