Kathmandu Press

सुझावहरू समेटेर विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेस गर्ने नेकपा एसकाे निर्णय

सुझावहरू समेटेर विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेस गर्ने नेकपा एसकाे निर्णय

काठमाडौं, पुस ७ : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले सुझावहरुलाई समेटेर विधान संशोधन प्रस्तावलाई केन्द्रीय कमिटी बैठकमा पेस गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय आलोकनगरमा शनिबार बसेको समाजवादीको सचिवालय बैठकले पार्टीको विधान संशोधन कार्यसमितिले पेश गरेको विधान संशोधन प्रस्तावमाथि आएका सुझाव तथा संसोधनहरु समेत समावेश गरेर ११, १२ र १३ गते बस्ने केन्द्रीय कमिटीमा पेश गर्ने निर्णय गरिएको प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

समाजवादीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका क्रममा विधान संशोधनका लागि पार्टीका संगठन बिभाग प्रमुख वेदुराम भुसाल संयोजकत्वमा समिति गठन गरेको थियो।

समितिले तयार पारेको प्रस्ताव केन्द्रीय कमिटी, राष्ट्रिय सम्मेलन हुँदै महाधिवेशनमा पेश गर्ने समाजवादीको तयारी छ।  बैठकले ९ र १० गते बस्ने भनिएको स्थायी कमिटी र पोलिट्व्युरो बैठकलाई स्थगीत गर्दै उक्त बैठकलाई केन्द्रीय कमिटी बैठकमा नै समायोजन गर्ने निर्णय गरिएको उहाले जानकारी दिए।

त्यस्तै सचिवालय बैठकले विभिन्न प्रकारका नसर्ने रोगहरुले आक्रान्त गराईरहको अवस्थामा एकीकृत समाजवादीले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई जिवनपर्यन्त गरिने अंगदान गर्न सावर्जनिक आह्वान गर्ने निर्णय गरिएको खतिवडाले बताए। 

प्रकाशित मिति: १७:१० बजे, शनिबार, पुस ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्