‘माओवादीलाई रुपान्तरण गरेर गतिशील बनाउन नसके मुलुकको परिवर्तनको रक्षा हुन सक्दैन’

काठमाडाैं, पुस ७ : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई रुपान्तरण गरेर गतिशील बनाउन नसके मुलुकको परिवर्तनको रक्षा हुन नसक्ने बताएका छन्।
शनिबार काठमाडौंमा माओवादी केन्द्र बुढानीलकण्ठको नगर सम्मेलन उद्घाटन गर्दै प्रचण्डले माओवादीको नेतृत्वमा नै मुलुकमा परिवर्तन स्थापीत भएको भन्दै पार्टीलाई रुपान्तरण र गतिशिल बनाउन नसके माओवादीको भविष्यका साथै परिवर्तनको रक्षा हुन नसक्ने बताएका हुन्।
माओवादीलाई बलियो बनाए मात्रै मुलुकको परिवर्तनको रक्षा हुन सक्ने उनको भनाइ छ । प्रचण्डले तीन महिने अभियानले जनआधारमा सुदृढ हुँदै गएको भन्दै फागुनमा विधान अधिवेशन गरेर पार्टीमा नयाँ ढंगलेले विचार संश्लेषण गरिने जानकारी दिए।
त्यस्तै उनले काठमाडौं उपत्यकामा रहेको स्ववासीको समस्या हल गर्न नयाँ ऐन ल्याउने र लालपूर्जा बितरणको तयारी भइरहेको बताए। प्रधानमन्त्री प्रचण्डले आफ्नो दोस्रो कार्यकालमा काठमाडौं उपत्यकामा लोडसेडिङको अन्त्य भएको भन्दै तेस्रो कार्यकालमा सिङ्गो देश उज्यालो बनाउने गरी योजना बनेको दाबी गरे।
प्रचण्डले माओवादीले आफ्नो पालामा निकै राम्रो काम गर्ने गरेको भए पनि जसचाहिँ अरूहरूले लिएको जिकिर गरे।











