Kathmandu Press

हिमाली क्षेत्रमा हिमापात र केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
हिमाली क्षेत्रमा हिमापात र केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं, पुस ७ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा जनाएको छ। हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: ०९:२५ बजे, शनिबार, पुस ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्