Kathmandu Press

बिमा बोर्डका कार्यकारी निर्देशकको निलम्बनमाथि सर्वोच्चको रोक 

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बसौलालाई गत असोज ४ गते लिखित ११ बुँदे स्पष्टीकरण सोधेर निलम्बनको प्रश्ताव गरेका थिए।
बिमा बोर्डका कार्यकारी निर्देशकको निलम्बनमाथि सर्वोच्चको रोक 

काठमाडौं, पुस ६ : सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गर्ने स्वास्थ्य मन्त्रालयको प्रश्ताव र मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न शुक्रबार अन्तरिम आदेश जारी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बसौलालाई गत असोज ४ गते लिखित ११ बुँदे स्पष्टीकरण सोधेर निलम्बनको प्रश्ताव गरेका थिए। त्यसपछि असोज २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम ३ महिनाका लागि निलम्बन गरिएको थियो।

उक्त निर्णयविरुद्ध कानुनी प्रश्न उठाउँदै बसौलाले सर्वोच्चमा रिट दिएका थिए। सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले डा. बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।
 

प्रकाशित मिति: १७:२१ बजे, शुक्रबार, पुस ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्