कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलन भाेलि काठमाडौंमा

काठमाडौं, पुस ६ : नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो प्रदेश सम्मेलन शनिबार काठमाडौंमा हुने भएको छ।
कांग्रेस बागमती प्रदेशले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुस ७ गते शनिबार हुने प्रदेश सम्मेलनको सभापति शेर बहादुर देउवाले उद्घाटन गर्ने जानकारी दिएको हो। सम्मेलनमा विधान बमोजिम ७८२ जना प्रदेश सम्मेलन प्रतिनिधि तथा बागमति प्रदेशभित्रका कांग्रेस सांसद, क्षेत्रिय सभापति लगाएतको सहभागीता हुने बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए।
पत्रकार सम्मेलनमा सभापति बानियाँले प्रादेशीक संरचना पहिचान र प्रतिष्पर्धा भएकाले प्रदेशबाटै नेतृत्व जन्मने बताए। उनले मुलुकको संविधानपछि पार्टीको बिधानलाई परिमार्जन गर्न आयोजना गर्न लागि नीति सम्मेलनलाई आवश्यक सुझाव प्रदेशले दिने जिकिर गरे। अहिले प्रदेशले काम गर्न नपाउदा प्रदेश नै आवश्यक नरहेको हो कि भन्ने आवाज उठेको अवस्थामा परिवर्तित अवस्था अनुसार कानूनलाई परिमार्जन गर्नुपर्ने उनले बताए।
त्यस्तै बानियाँले निर्वाचन प्रणालीका बारेमा पनि बहस हुन जरुरी रहेको बताए। त्यस्तै उनले विधानमा नै उमेर समूहको प्रतिनिधित्वको बारेमा स्पष्ट व्यवस्था राख्नुपर्ने धारणा राखे। सम्मेलनमा राजनीतिक, साङ्गठानिक र आर्थिक प्रतिवेदन पेश हुने बताइएको छ।











