Kathmandu Press

मन्त्री किरातीको राजीनामा माग्दै काठमाडौंमा राप्रपाकाे प्रदर्शन

मन्त्री किरातीको राजीनामा माग्दै काठमाडौंमा राप्रपाकाे प्रदर्शन

काठमाडौं, पुस ६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ।

धर्मका बारेमा मन्त्री किराँतीको अभिव्यक्ति गैरजिम्मेवार र गैरसंवैधानिक भएको भन्दै राप्रपा काठमाडौं क्षेत्र नंवर ४ ले शुक्रबार काठमाडौंको गौशालामा प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरुले सुदन किराती राजीनामा गर, गणतन्त्र खारेज गर, राजसंस्था कायम गर लगाएतका नारा लगाएका थिए। प्रदर्शनका क्रममा राप्रपा काठमाडौंका अध्यक्ष नवराज सिंखडाले मन्त्रीको अभिव्यक्ती भएका कुरा ८१ प्रतिशत हिन्दुको भावना विपरीत भएको बताए। राजासहितको प्रजातन्त्र हिन्दुराष्ट्र र संघीयताको खारेजको माग सहित राप्रपाले आन्दोलन गर्न उनले बताए।

मन्त्री किरातीले क्रिस्चियनलाई नमान्नेहरू संविधान विरोधी भएको र उनीहरुलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएपछि विवाद भएको हो। 

प्रकाशित मिति: १६:१० बजे, शुक्रबार, पुस ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्