Kathmandu Press

‘संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई सहमतिबाट अघि बढाउन उचित’

‘संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई सहमतिबाट अघि बढाउन उचित’

काठमाडाैं, पुस ६ : कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई सहमतिबाट अघि बढाउन उचित हुने बताएका छन्।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतकोे कानुन न्याय तथा मानवअधिकार समिति बैठकमा मन्त्री गुरुङले संक्रमणकालीन न्यायसंग सम्बन्धीत विषय मुलुकको शान्ति प्रक्रियासंग पनि जोडिएको भन्दै सहमतिबाट अघि बढाउन उचित हुने बताएका हुन्।

सहमति गर्ने प्रयास सफल हुन नसके बिभिन्न बिकल्प खुल्ला रहेको उनको भनाइ छ। संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई अघि बढाउन देखिएको अड्चन फुकाउन शीर्ष तहमा पटक पटक छलफल भएको उहाले बताए।

बेपत्ता पारिएका व्यक्तिको छनबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनसहित छलफलमा मन्त्री गुरुङले सहमति जुट्न बाँकी चार विषयमा छिटै शीर्ष तहमा सहमति जुट्ने विश्वास व्यक्त गरे।

त्यस्तै बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल भएको थियो । 

प्रकाशित मिति: १५:२० बजे, शुक्रबार, पुस ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्