Kathmandu Press

पूर्वसहकारी रजिस्ट्रार पराजुलीविरुद्ध पक्राउ पुर्जी

अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनी सम्पर्कविहीन बनेको जनाइएको छ। पराजुली पछिल्लो समय पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत थिए।
पूर्वसहकारी रजिस्ट्रार पराजुलीविरुद्ध पक्राउ पुर्जी

पोखरा, पुस ६ : गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। 

अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनी सम्पर्कविहीन बनेको जनाइएको छ। पराजुली पछिल्लो समय पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत थिए।

कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको आरोपसहित चलेको एक मुद्दामा काश्की जिल्ला अदालतले पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। प्रहरीले उनको खोजी भइरहेको जनाएको छ। 

सहकारीको कार्यक्षेत्र थप गर्ने विषयमा पराजुलीले रकम लिएको सहकारीका सञ्चालकको बयानमा खुलेपछि अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। प्रहरी अनुसन्धानका क्रममा एक करोड पाँच लाख रुपियाँ लिएको जनाइएको छ।

मित्रमिलन सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका पाँच जना अभियुक्तमध्येका व्यक्तिले परानजुलीलाई घुसमा पोलेका थिए। मित्रमिलन सहकारीको सातसय भन्दा बढी बचतकर्ताले रकम फिर्ताको मागसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गरेका छन्। 

प्रकाशित मिति: १५:१८ बजे, शुक्रबार, पुस ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्