Kathmandu Press

राष्ट्रको आवश्यकताका आधारमा विदेशी सहायता खर्च गर्नुपर्छ : सभामुख घिमिरे

राष्ट्रको आवश्यकताका आधारमा विदेशी सहायता खर्च गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं, पुस ६ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विदेशी सहायता सहयोग राष्ट्रको आवश्यकताका आधारमा खर्च गर्नुपर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित नेपालमा वैदेशिक सहायताको प्रभावकारिता विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै सभामुख घिमिरेले जनताको पहुँचमा राष्ट्रको आवश्यकताका आधारमा विदेशी सहायता खर्च गर्नुपर्ने बताएको हुन्।

उनले विदेशी संघसंस्थाहरुको उद्देश्य पूरा गर्नका लागि छिटो खर्च गर्ने परिपाटीले कुनै पनि काम प्रभावकारी नहुन नसक्ने जिकिर गरे। विदेशी सहायता सहयोग सरकारमार्फत संसदमा पेस गर्ने र जनप्रतिनिधि संस्था संसदबाट त्यसको प्रयोगको छलफल गर्दै कार्यान्वयनमा लैजानुपर्ने उनले बताए।

उनले वैदेशिक सहायता परिचालनको अनुगमन र निगरानी पनि संसदले गर्नुपर्ने धारणा राखे। उनले विमानस्थल निर्माणमा ध्यान दिए पनि सहज रुपमा प्रयोगमा ध्यान दिन नसकिएको बताए। विदेशी सहायताको जानकारी जनतालाई जानकारी गराए पारदर्शी हुने समेत उनले बताए। 

प्रकाशित मिति: १४:५० बजे, शुक्रबार, पुस ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्