Kathmandu Press

एनएसएलमा आज दुई खेल हुँदै, प्लेअफ पुग्ने लक्ष्यमा झापा र धनगढी

एनएसएलमा आज दुई खेल हुँदै, प्लेअफ पुग्ने लक्ष्यमा झापा र धनगढी

काठमाडौं, पुस ६ : नेपाल सुपर लिगमा आजबाट लिगका अन्तिम चरणका खेलहरु सुरु हुँदैछन्। अहिलेसम्म प्लेअफ पुग्ने ४ टिममध्ये १ टिमको मात्र टुंगो लागेकाले अन्तिम चरणका खेलहरु थप रोमाञ्चक हुनेछन्।

एक खेलअगावै प्लेअफ पुग्ने टिम पोखरा थन्डर्स हो। अन्य ३ स्थानका लागि धनगढी एफसी, ललितपुर सिटी एफसी, झापा एफसी, काठमाडौं रेसर्ज र वीरगञ्ज एफसीबीच प्रतिस्पर्धा छ।

लिगमा आज दुई खेल हुँदैछन्। दशरथ रंगशालामा हुने खेलमा शीर्ष स्थानको पोखरा र दोस्रो स्थानको धनगढी भीड्दैछन्। खेल दिउँसो १ बजे सुरु हुनेछ।

पोखर प्ले अफ पुगिसकेकाले उ दबाब मुक्त हुनेछ छ भने धनगढीलाई प्लेफ पुग्न कम्तिमा बराबरी चाहिन्छ। हारले पनि उसको प्लेअफ सम्भावना बाँकी रहन्छ, त्यसका लागि काठमाडौं, लतिपुर र झापामध्ये एक टिम बराबरीमा रोकिनुपर्नेछ।

यता, साँझा ५ बजे दशरथ रंगशाला झापा एफसी प्लेफ पुग्ने लक्ष्यसहित पुछारको चितवन एफसीसँग खेल्नेछ। पहिलोले इलामसँग हारेयता अपराजित रहेको झापा पछिल्ला २ खेल जित्दै प्लेअफको नजिक छ। आज जित निकाले उसले प्लेफमा स्थान पक्का गर्नेछ भने बराबरी या हारले पनि सम्भावना भने बाँकी नै रहने छ।

चितवनसँग बराबरीमा रोकिए झापा प्लेफमा पुग्न काठमाडौं र वीरगञ्जले अन्तिम खेलमा अंक गुमाउनु पर्नेछ। यता, आज पराजित भएपछि काठमाडौं अन्तिम खेलमा पराजित हुनुपर्नेछ भने वीरगञ्ज बराबरीमा रोकिए पनि हुन्छ।

चितवनको लक्ष्य भने झापालाई माथ दिँदै पुछार छोड्नु हुनेछ। चितवन ६ अंकसहित पुछारमा छ।

 

 

प्रकाशित मिति: ११:४९ बजे, शुक्रबार, पुस ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्