प्रहरी हिरासतमा एक जनको मृत्यु भएपछि धनुषा तनावग्रस्त
प्रहरीको कुटपिटले मृत्यु भएको भन्दै आक्रोशित भएका स्थानीयले प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका छन्।
काठमाडौं, पुस ६ : धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा गए राति एक जनाको मृत्यु भएपछि सो क्षेत्र तनावग्रस्त बनोको छ।
स्थानीय दीपनारायण मण्डलको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय अगाडि स्थानीयले प्रदर्शन गरेका छन्। प्रहरीको कुटपिटले मृत्यु भएको भन्दै आक्रोशित भएका स्थानीयले प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका छन्।
स्थानीयले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर पनि गरेको छ। त्यसक्रममा गोली लागेर स्थानीय शंकर मण्डल घाइते भएको बताइएको छ।
प्रकाशित मिति: ११:०३ बजे, शुक्रबार, पुस ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











