Kathmandu Press

जनसङ्ख्या र भूगोलको आधारमा विकास हुनुपर्छ : मन्त्री यादव

‘स्थानीय तहमा विकासको बजेट समुचितरुपमा विनियोजन हुनुपर्छ। जनसङ्ख्याका आधारमा स्थानीय तहमार्फत बजेट विनियाजन भए प्रभावकारी कार्यसम्पादन हुन्छ,’ मन्त्री यादवले भने।
जनसङ्ख्या र भूगोलको आधारमा विकास हुनुपर्छ : मन्त्री यादव

काठमाडौं, पुस ५ : खानेपानी तथा सरसफाइमन्त्री महिन्द्रराय यादवले जनसङ्ख्या र भूगोलको आधारमा विकास हुनुपर्ने बताएका छन्।

नेपाल नगरपालिका संघद्वारा आयोजित ‘राष्ट्रिय सहरी सरसफाइ सम्मेलन–२०२३’ मा उनले जनसङ्ख्याका आधारमा स्थानीय तहमा बजेट विनियोजन गरिनुपर्नेमा जोड दिए।

‘स्थानीय तहमा विकासको बजेट समुचितरुपमा विनियोजन हुनुपर्छ। जनसङ्ख्याका आधारमा स्थानीय तहमार्फत बजेट विनियाजन भए प्रभावकारी कार्यसम्पादन हुन्छ,’ मन्त्री यादवले भने।

सरकारले कसरी स्थानीय तहलाई प्रभावकारी बनाउन सकिन्छ? भन्ने विषयमा छलफल गरिरहेको उनले बताए। सबै क्षेत्रको विकास जनसङ्ख्या र भूगोलका आधारमा हुनुपर्ने उनको भनाइ थियो।

मानव सूचकांकको आधारमा विकासको बजेट छुट्याउनुपर्ने भन्दै मन्त्री यादवले संघ र स्थानीय सरकारका बीचमा भएका अफ्ठ्यारा तथा कानुनी अवरोध हटाएर अगाडि बढ्नुपर्ने बताए।

प्रकाशित मिति: १९:२२ बजे, बिहीबार, पुस ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्