Kathmandu Press

पार्टीलाई अन्तर्घात मुक्त बनाउन मधेशबाटै अभियान चलाउनुपर्छ : सभापति देउवा

कांग्रेस मधेश प्रदेश सम्मेलनको बिहीबार जनकपुरमा उद्घाटन गर्दै देउवाले कांग्रेस पार्टीमा रहेको अन्तर्घात रोग मधेशबाटै अभियान चलाएर रोगमुक्त बनाउनु पर्ने बताए।
पार्टीलाई अन्तर्घात मुक्त बनाउन मधेशबाटै अभियान चलाउनुपर्छ : सभापति देउवा

धनुषा, पुस ५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अन्तर्घातको रोगबाट मुक्त बनाउनुपर्ने बताएका छन्।

कांग्रेस मधेश प्रदेश सम्मेलनको बिहीबार जनकपुरमा उद्घाटन गर्दै देउवाले कांग्रेस पार्टीमा रहेको अन्तर्घात रोग मधेशबाटै अभियान चलाएर रोगमुक्त बनाउनु पर्ने बताए।

‘समानुपातिक निर्वाचन प्रणाली भएकोले कसै पनि बहुमत आउने सम्भावना धेरै कम हुन्छ,’ देउवाले भने, ‘अहिले कांग्रेस ठूलो पार्टी भए जस्तै भोलिका दिनमा अन्तर्घात नगरी ठूलो पार्टी बनाउने अभियान मधेश प्रदेशबाटै सुरु गर्नु आवश्यक छ।’

सभापति देउवाले अर्को पटक कांग्रेस पूर्ण रुपमा सरकार बन्न सक्नेगरी स्थापित गर्न नेताकार्यकर्तालाई आग्रह गरे। उनले संघीयता, समावेशिता र परिछल्ला उपलब्धिमाथिको प्रहार रोक्न पनि कांग्रेस र मधेस बलियो हुनुपर्ने बताए।

समावेशी, समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न अपनाइएका निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको एकल सरकार बनाउन नसक्ने हुँदा गठबन्धन गर्नु परेको उनले उल्लेख गरे।

सभापति देउवाले पार्टीभित्रको अविश्वास र अन्तर्घातलाई रोकेर एकताबद्ध हुनसके कांग्रेसलाई थप ठूलो पार्टी बनाउन सकिने बताए। त्यसका लागि सबैले एकजुट भएर पार्टी सङ्गठन निर्माणमा लाग्नुपर्ने उनको जोड थियो।

कांग्रेसको मधेश सम्मेलनमा विवाद मुक्त हुन सकेन। नेताहरुबीच पदीय मर्यादाअनुसार आसन ग्रहणमै मतान्तर देखिएको थियो। पूर्वउपसभापति विमलेन्द्र निधि कार्यक्रममा उपस्थित भएपनि मञ्चमा उक्लेनन् भने डा.शेखर कोइराला कार्यक्रमै गएनन्। उनी सुनसरी दुहबीमा आयोजित पार्टीकै अर्को कार्यक्रममा सहभागी हुन गए।

प्रकाशित मिति: १९:०१ बजे, बिहीबार, पुस ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्