‘कुशासन र भ्रष्टाचारले रिसाएका जनतालाई गणतन्त्रका कारण भ्रष्टाचार बढेको भन्दै भड्काइयो’
कांग्रेसले ०८४ को चिन्ता गर्नुभन्दा पनि ०८० मा सुशासनका लागि काम गर्नु आवश्यक बताउँदै उनले संघीयता र गणतन्त्रविरुद्ध जनतालाई भड्काउने काम भइरहेकोले राजनीतिक दलले ध्यान पुर्याउनु पर्ने उल्लेख गरे।-1702213108.jpg)
धनुषा, पुस ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीयता र गणतन्त्रका कारण मुलुकमा भ्रष्टाचार बढेको भन्दै भड्काउने काम भइरहेको बताएका छन्।
जनकपुरमा सरु भएको कांग्रेसको मधेश प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै महान्त्री थापाले कुशासन र भ्रष्टाचारले जनता रिसाएको बताए ।
‘बिहान उठ्न साथ सुनकाण्ड, शरणार्थी काण्ड र एनसेल काण्डजस्ता भ्रष्टाचारले जनात रिसाएको हो,’ महामन्त्री थापाले भने,‘जनता आज रिसाएको छ । रिसको कारण लुकाउनु पर्दैन,’ महाम्न्त्री थापाले भने, ‘कुशासन र भ्रष्टाचारका कारण रिसाएको जनतालाई संघीयता र गणतन्त्रका कारण मुलुकमा भ्रष्टाचार बढेको भन्दै भड्काउने काम भइरहेको छ।’
कांग्रेसले ०८४ को चिन्ता गर्नुभन्दा पनि ०८० मा सुशासनका लागि काम गर्नु आवश्यक बताउँदै उनले संघीयता र गणतन्त्रविरुद्ध जनतालाई भड्काउने काम भइरहेकोले राजनीतिक दलले ध्यान पुर्याउनु पर्ने उल्लेख गरे।
मधेशका नेतालाई काठमाडौंमा समस्या भएपछि मधेशमा आएर ‘उठु मधेश, जागु मधेश’को नारा लगाएर मधेशकेन्द्रित दलहरुले लुट मच्चाएको उनले आरोप लगाए। उनले मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाएर सुशासनको नमूना देखाउनु पर्ने बताए।
‘आउने निर्वाचनमा हामी छाता ओड्दैनौं, साइकल चढ्दैनौं, हँसिया हथौडामा छाप लगाउँदैनौं । मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाएर सुशासनको नमुना देखाउनु आवश्यक छ,’ महामन्त्री थापाले भने।
संघीयता कार्यन्वयनका लागि बनाउन बाँकी रहेका ४० कानुन बनाउन कांग्रेसले अग्रसरता देखाउनु पर्ने उनको भनाइ थियो ।











