Kathmandu Press

कपन साहित्य समाजद्वारा घिमिरे र उप्रेती सम्मानित

घिमिरेका महाकाव्यसहित थुप्रै कृति प्रकाशित छन् भने ‘वनीता’ साहित्यिक त्रैमासिकका सम्पादकका उप्रेतीको कथा, कविता, निबन्ध र बालसाहित्यमा योगदान छ।
कपन साहित्य समाजद्वारा घिमिरे र उप्रेती सम्मानित

काठमाडौं, पुस ५ : कपन साहित्य समाज (कसास) ले दुई स्रष्टालाई सम्मान गरेको छ। सम्मानित हुनेमा गोविन्द घिमिरे वेदमणि र लक्ष्मी उप्रेती रहेका छन्। उनीहरूलाई कसास यात्री स्मृति सम्मान ९विसं २०७९ र ८०० प्रदान गरिएको हो। 

घिमिरेका महाकाव्यसहित थुप्रै कृति प्रकाशित छन् भने ‘वनीता’ साहित्यिक त्रैमासिकका सम्पादकका उप्रेतीको कथा, कविता, निबन्ध र बालसाहित्यमा योगदान छ।

दुवैजनालाई दोसल्ला ओढाएर जनही रु १० हजार तथा  सम्मानपत्रबाट सम्मानित गरिएको कसासका सदस्य होमशङ्कर बाँस्तोलाले जानकारी दिए। 
    
सो अवसरमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख तथा कसासका संरक्षक मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाले घिमिरे र उप्रेतीलाई सम्मान गर्दै नगरपालिकाले वाङ्मयका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 
    
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव जगतप्रसाद उपाध्याय, साहित्यकार तथा मानवशास्त्री पूर्णप्रकाश यात्रीका सुपुत्र शैलेन्दुप्रकाश नेपाल, कसासका अध्यक्ष गणेशकुमार मिश्र, उपाध्यक्ष डा विष्णु केसी र महासचिव लक्ष्मण अधिकारीले कपन क्षेत्रमा साहित्यिक जागरण ल्याउनुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: १७:२४ बजे, बिहीबार, पुस ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्