Kathmandu Press

एउटै बिमाले सबै अस्पतालमा उपचार : मन्त्री बस्नेत 

एउटै बिमाले सबै अस्पतालमा उपचार : मन्त्री बस्नेत 

काठमाडौं, पुस ५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले, एउटा अस्पतालमा गरेको  बीमाले देशका जुनसुकै अस्पतालमा लागू हुने व्यवस्था मिलाउन लागेको जानकारी दिएका छन्। 

बिहीबार राष्ट्रिय स्वास्थ्य वित्त रणनीति कार्यान्वयन द्रुत परिणाम हस्तान्तरण कार्यक्रममा बोल्दै उनले, एउटा अस्पतालमा गरेको  बीमा देशका जुनसुकै अस्पतालमा प्रयोग गर्न पाउने व्यवस्थाको प्रक्रिया अगाडि बढाउन टेक्नोलोजी विकास भै रहेको बताए। 

उनले भने,‘ जुन ठाउँमा बिमा गरेपनि जुन अस्पतालमा गरेपनि उसले पटकपटक प्रयोग गर्दा देशका जुनसुकै अस्पतालमा गएर पनि त्यो बीमा प्रयोग गर्ने अधिकार उसले पाउनेगरी त्यो टेक्नोलोजीहरूको विकास गराउनुहोस् भनेको छु मैले, काम गरिरहनुभएको छ।’ उनले जति चाँडो राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिलाई कार्यान्वयन गर्न सक्यो त्यत्तिनै चाँडो मुलुकले लाभ लिन सक्ने तर्क गरे। 

उनले भने,‘ यत्रो १६ वर्षु कुर्न पर्‍यो त्यसपछि तपाईहरुले जाँगर लगाउन थाल्नुभयो यसलाई कार्यान्वयनको पक्षमा लानलाई यो जति चाँडो कार्यान्वयन भयो त्यत्ति मुलुकले लाभ लिन सक्छ,  जनताको आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन पनि सकिने छ।’ मन्त्री बस्नेतले अहिले मन्त्रालयमा  बिरामीहरूका भिड लाग्ने गरेको भन्दै मन्त्रालय अस्पताल जस्तो भएको बताए। 

प्रकाशित मिति: १६:३५ बजे, बिहीबार, पुस ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्