Kathmandu Press

सर्वोच्चमा नियुक्त ६ न्यायाधीशले लिए शपथ 

नवनियुक्त न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष शपथ ग्रहण गरेका हुन्।
सर्वोच्चमा नियुक्त ६ न्यायाधीशले लिए शपथ 

काठमाडौं, मंसिर ५ : सर्वोच्च अदालतमा नियुक्त ६ न्यायाधीशले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

नवनियुक्त न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष शपथ ग्रहण गरेका हुन्।

राष्ट्रपतिको उपस्थितिमा शीतलनिवासमा आयोजित एक समारोहबीच शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। सपथ लिएपछि उनीहरुले आजै सर्वोच्चमा गई पदबहाली गर्ने कार्यक्रम छ। 
 
प्रकाशित मिति: १५:५७ बजे, बिहीबार, पुस ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्