Kathmandu Press

कांग्रेसको मधेस प्रदेश सम्मेलन उद्घाटन सत्र [तस्बिरहरू]

स्थानीय तिरहुतीयागाछी मैदानमा आयोजित सम्मेलनको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे।
कांग्रेसको मधेस प्रदेश सम्मेलन उद्घाटन सत्र [तस्बिरहरू]

जनकपुरधाम, पुस ५ : नेपाली कांग्रेसको प्रथम मधेस प्रदेश सम्मेलन सुरु भएको छ। भोलिसम्म चल्ने सम्मेलनमा आठ वटै जिल्लाका प्रतिनिधि सहभागी भएका छन्। पार्टीका मधेस प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले जानकारी दिए। स्थानीय तिरहुतीयागाछी मैदानमा आयोजित सम्मेलनको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे। सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्रीहरू सहभागी छन्।

Photos-(3)-1703150843.jpg

मधेस प्रदेशका आठ जिल्लाका आठ सय २५ जना प्रतिनिधिको सहभागिता रहने सम्मेलनका क्रममा प्रदेश समितिको राजनीतिक, साङ्गठनिक, आर्थिक प्रतिवेदनमाथि छलफल गरिने प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए। सम्मेलन सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विविध सवालमाथि गम्भीर छलफल गरी महत्वपूर्ण सन्देश प्रवाह गर्न सफल हुने विश्वास मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका सभापति यादवले बताए।

Photos-(5)-1703150841.jpg

Photos-(4)-1703150840.jpg

Photos-(5)-(1)-1703150839.jpg

Photos-(1)-1703150837.jpg

Photos-(2)-1703150835.jpg

madhesh-1703150764.jpg

 

प्रकाशित मिति: १५:११ बजे, बिहीबार, पुस ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्