सर्वोच्चमा नियुक्त ६ जना न्यायाधीशले आज राष्ट्रपतिबाट शपथ लिने

काठमाडौं, पुस ५ : सर्वोच्च अदालतमा नियुक्त ६ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिई विहीबारै पदभार समाल्ने भएका छन्।
संसदीय सुनुवाइबाट अनुमोदन भएपछि बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्चमा सिफारिस ६ जना न्यायाधीशलाई नियुक्ति दिएका थिए।
शपथका लागि दिउँसो ३ बजे शीतल निवासमा शपथग्रहण गराउने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
शपथपछि सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकालले सर्वोच्चको न्यायाधीशमा एकसाथ पदभार ग्रहण गर्नेछन्।
प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने सर्वोच्च अदालतमा २० न्यायाधीश हुनेछन्।
प्रकाशित मिति: १३:०८ बजे, बिहीबार, पुस ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











