माओवादी केन्द्रको विधान सम्मेलन फागुनमा, मस्यौदा समिति गठन
उनका अनुसार समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की छन्।
काठमाडौं, पुस ५ : माओवादी केन्द्रले फागुन पहिलो साता विधान सम्मेलन गर्न भएको छ।
माओवादी केन्द्रकाे आज (बिहीबार) बिहान बसेको पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। उनले बैठकले विधान मस्यौदा समिति गठन गरेको पनि जानकारी पनि दिए।
विधान मस्यौदा समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की छन्। विधान सम्मेलनअघि केन्द्रीय कमिटी बैठक बस्नेछ र विधान मस्यौदा समितिले तयार पारेको मस्यौदा अनुमोदन गर्ने जनाइएकाे छ। अनुमाेदित विधान सम्मेलनमा प्रस्तुत गरिनेछ।
प्रकाशित मिति: १२:१२ बजे, बिहीबार, पुस ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











