काठमाडौंका दुई औषधि पसलमा महागरलेको सिलबन्दी
वडा नं. १७ ठमेलमा रहेको हिमालय स्टोर र वडा नं. ३ महाराजगञ्जमा रहेको माइबेनी मेडिकल हलमा महानगरपालिकाले सिलबन्दी गरेको हो।
काठमाडौं, पुस ५ : काठमाडौंका दुई औषधि पसलमा महानगरपालिकाले सिलबन्दी गरेको छ।
बुधबार अनुगमनका क्रममा महानगरपालिकाको पूर्वसूचना बमोजिम निर्देशन नगरिएको र दर्तासमेत नरहेको पाइएपछि महानगरपालिकाले दुई वटा औषधि पसलको सटर सधैँका लागि बन्द गरिदिएको हो।
वडा नं. १७ ठमेलमा रहेको हिमालय स्टोर र वडा नं. ३ महाराजगञ्जमा रहेको माइबेनी मेडिकल हलमा महानगरपालिकाले सिलबन्दी गरेको हो।
महानगरको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले कानूनबमोजिम दर्ता नभएका, एउटा प्रयोजनमा दर्ता भएर अर्को काम गरिरहेको, अनधिकृत औषधि बेचेको, पसलमा म्याद सकिएको औषधि पाइएकाले सिलबन्दी गरिएको बताए।
उनका अनुसार अर्को एउटा पसललाई भने सुधारका लागि १५ दिनको म्याद दिइएको छ । वडा नं. १ मा रहेको कृषु आयुर्वेदिक फार्मेसीलाई सुधारकालागि १५ दिनको समय दिइएको उनले बताए
प्रकाशित मिति: १०:५६ बजे, बिहीबार, पुस ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











