Kathmandu Press

उड्न लागेको बुद्ध एयरको आकस्मिक ढोका यात्रुले खोलेपछि...

बिहीवार बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेको बुद्ध एयरले जनाएको छ।
उड्न लागेको बुद्ध एयरको आकस्मिक ढोका यात्रुले खोलेपछि...

काठमाडौं, पुस ५ : पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको जहाजको आकस्मिक ढोका यात्रुले खोलेका छन्।

बिहीवार बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेको बुद्ध एयरले जनाएको छ। के कति कारणले ढोका खोलिएको हो यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझिरहेको समेत बुद्ध एयरले जनाएको छ।

विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ।

ढोका खोलेको विमान बुद्धएयरका प्राविधिकले जाँच गरिरहेको र यात्रुलाई अर्को विमानबाट ल्याउन लागिएको जनाइएको छ।

 

प्रकाशित मिति: १०:४१ बजे, बिहीबार, पुस ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्