Kathmandu Press

राष्ट्रपति र प्रधानमन्त्री निवास बाहिर थप २ महिना प्रदर्शन गर्न नपाइने

राष्ट्रपति र प्रधानमन्त्री निवास बाहिर थप २ महिना प्रदर्शन गर्न नपाइने

काठमाडौं, मंसिर ४ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास बालुवाटार वरपरको क्षेत्रको निषेधाज्ञालाई थप दुई महिना बढाएको छ।

गत महिना प्रशासनले ती क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको थियो। उक्त अवधि सकिएपछि थप दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको हो ।

राष्ट्रपति कार्यालयमा पूर्वपुरानो पवित्र वर्कशप चोक, पश्चिम सामाखुसी निस्कने नाला, उत्तर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेट र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र तोकिएको छ।

त्यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा पुरानो पवित्र वर्कसप चोकबाट रसियन दूतावास हुँदै इटालिया चोक, सभामुख निवासदेखि गैरीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटर, प्रधानन्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिम र राष्ट्र बैंक चोकबाट पूर्वतर्फ १०० मिटर, इटालिया चोकबाट ५० मिटर दक्षिणसम्म निषेधित क्षेत्र तोकिएको छ।

यी क्षेत्रमा ५ जना भन्दा बढी भेला हुन निषेध गरिएको छ ।

प्रकाशित मिति: १९:०१ बजे, बुधबार, पुस ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्