फास्ट ट्रयाकलाई सहज रुपमा अघि बढ्ने वातावरण बनाउन सरकारलाई निर्देशन

काठमाडाैं, पुस ४ : प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समितिले तराई मधेश फास्ट ट्रयाकलाई सहज रुपमा अघि बढ्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ।
बुधबार उक्त आयोजनाका बिषयमा नेपाली सेनासंग छलफल गर्दै समितिले आयोजना निर्माणमा देखिएका समाधान गरि सहज रुपमा अघि बढ्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको हो। बैठकले पूरक प्रभाव मूल्याङ्कन समयसीमा तोकी उक्त अवधिभित्र स्वीकृत गरि रुख कटान तथा जग्गा प्राप्ति लगाएतका कार्यलई समयमै सम्पन्न गर्न आवश्यक सहजीकरण गरिदिन वन, अर्थ लगाएत सम्बन्धीत मन्त्रालयलाई निर्देशन दिएको छ।
बैठकले राष्ट्रिय गौरवको आयोजनाहरुलाई समयमा नै सम्पन्न गर्नका लागि सवै पक्षहरुबाट प्राथमिकता दिई आवश्यक सहयोग गर्न मन्त्रिपरिषद्को कार्यालय लगाएत सम्बन्धीत मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए। बैठकले फास्ट ट्रयाक निर्माणका सन्दर्भमा सेनाबाट माग भएबमोजिम आवश्यक प्राविधिक तथा अन्य सहयोग समयमा नै उपलव्ध गराउन र आवश्यक अन्तर निकाय समन्वयको सहजीकरका लागि पनि सरकारलाई निर्देशन दिएको सभापति खतिवडाले बताए।
त्यस्तै बैठकले सार्वजनिक खरिद ऐन, नियमावली अनुसार कामकाज गर्न र फास्ट ट्रयाकमा संलग्न ठेकेदारहरुसम्बन्धी विवादको बिषयमा जानकारी लिने निर्णय गरेको छ भने आवश्यक समयमा आयोजनाको भ्रमण गर्ने निर्णय भएको सभापति खतिवडाले जानकारी दिए।











