Kathmandu Press

काठमाडौं–तराई फास्ट ट्रयाक निर्माणका कानुनहरु बाधक : प्रधानसेनापति

‘फास्ट ट्रयाक बनाउनुपर्थ्यो भने फास्ट ट्रयाकमा नियम पनि दिनुपथ्र्यो। चार वटा रुख काट्न नौ महिना लगाइदिएको छ। म कसैको गल्ती भन्दिनँ, यो हजुरहरुले बनाएको नियमका कारण हो।’
काठमाडौं–तराई फास्ट ट्रयाक निर्माणका कानुनहरु बाधक : प्रधानसेनापति

काठमाडौं, पुस ४ : प्रधान सेनापति प्रभुराम शर्माले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा काठमाडौं–तराई फास्ट ट्रयाक निर्माणका लागि प्रचलित कानुनहरु बाधक रहेको बताएका छन्।

सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा शर्माले फास्ट ट्रयाक निर्माणका लागि त्यही अनुसारको कानुनी व्यवस्था गरिनुपर्ने भनाइ राखे। सेनापति शर्माले भने, ‘फास्ट ट्रयाक बनाउनुपर्थ्यो भने फास्ट ट्रयाकमा नियम पनि दिनुपथ्र्यो। चार वटा रुख काट्न नौ महिना लगाइदिएको छ। म कसैको गल्ती भन्दिनँ, यो हजुरहरुले बनाएको नियमका कारण हो।’

शर्माले असन्तुष्टी व्यक्त गर्दै थपे, ‘गएको वैशाखमा प्रधानमन्त्री र रक्षामन्त्रीलाई काट्नुपर्ने भनेर देखाएको रुख अहिलेसम्म काट्न सकिएको छैन। काम चाहिँ फास्ट ट्रयाकमा गर्नुस् भन्ने नियम कानुन चाहिँ २०१७ सालदेखिको देखाउनुहुन्छ। यही तालले हो भने २०८३ सालसम्म पनि बन्दैन।’ 

फास्ट ट्रयाक निर्माणका लागि वन ऐनमा रहेको रुख काट्ने प्रावधानसँगै जग्गा प्राप्ति ऐन संशोधन गर्र्नुपर्ने सुझाव पनि उनले दिए। उनले २०८३ सालमा काठमाडौंबाट निजगढसम्म गाडी चल्ने बनाउन सकेमा पनि उपलब्धी मान्नुपर्ने समेत भनाई राखे। वातावरण संरक्षणका लागि बनाइएको कडा कानुनले अहिले विकास निर्माणमा अवरोध पुगिरहेको गुनासो शर्माको थियो। यदी नियम परिवर्तन नभएमा फास्ट ट्रयाक मात्र होइन, नेपालमा कुनै पनि आयोजना पूरा हुन गाह्रो हुने भनाइ उनको थियो। 

प्रकाशित मिति: १६:२० बजे, बुधबार, पुस ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्