राष्ट्रिय सभा निर्वाचनका लागि २०४७ मतदाता

काठमाडौं, पुस ४ : निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ। आयोगले जनाए अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि कूल २ हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको छ।
कानुनतः राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुने व्यवस्था छ। जस अनुसार प्रदेश सभा सदस्य ५४९ जना रहेका छन्। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १ हजार ४९८ जना मतदाता छन्।
आयोगका अनुसार स्वीकृत भएका नामावलीमध्ये प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य १ जनाको नाम हटाइ ५४९ जना कायम गरिएको छ।
प्रकाशित मिति: १५:२२ बजे, बुधबार, पुस ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











