Kathmandu Press

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटियाे 

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले मंगलवार कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ (भेरिएन्ट अफ इन्टरेस्ट) पुष्टि भएको बताएको छ।
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटियाे 

काठमाडौं, पुस ४ : भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएको पुष्टि भएको छ। 

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले मंगलवार कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ (भेरिएन्ट अफ इन्टरेस्ट) पुष्टि भएको बताएको छ।

रोयटर्सले जनाए अनुसार कोभिड १९ का अन्य उपप्रजातिको तुलनामा यसले मानव शरीरको रोगप्रतिरोधी क्षमतालाई सजिलै जित्न सक्छ। यसबाट स्वास्थ्यमा गम्भीर खतरा भने धेरै नरहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ। 

जोन हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका एक भाइरोलोजिस्ट एन्ड्र्यु पेकोजले संक्रमण धेरै फैलिए पनि स्वास्थ्यमा गम्भीर खतरा कम रहेको बताएका छन्। डिजिज केन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टर अमेरिकाका अनुसार यो अमेरिका सबभेरिएन्ट बीए २.८६ को वंशज हो।

नयाँ भेरियन्टको संक्रमण ज्वरो, नाक बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने र पेट दुख्ने र पखाला जस्ता लक्षण देखिन्छन्। कोरोना भाइरसले स्वरुपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले नेपालमा सर्तक हुनुपर्ने जनस्वास्थ्य विज्ञले बताएका छन्। 
 

प्रकाशित मिति: १४:४१ बजे, बुधबार, पुस ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्