Kathmandu Press

मेलम्ची खानेपानीमा भएको ढिलासुस्तीकाे विराेधमा नेविसंघकाे प्रदर्शन

मेलम्ची खानेपानीमा भएको ढिलासुस्तीकाे विराेधमा नेविसंघकाे प्रदर्शन

काठमाडौं, पुस ४ : मेलम्ची खानेपानीमा भएको ढिलासुस्तीविरुद्ध नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

लामो समय हुँदा पनि मेलम्ची खानेपानी उपलव्ध हुन नसकेको भन्दै नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिले काठमाडौंमा प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले मेलम्चीको पानी हामीले कहिले खाने, मेलम्चीको पानीमा भ्रष्टाचार बन्द गर, लगाएतका प्ले कार्य प्रदर्शन गरेका थिए।

नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष अशुंल केसीले मेलम्ची आयोजनामा अनियमितता र भ्रष्टाचार भएकै कारण लामो समयसम्म मेलम्ची खानेपानी सहज रुपमा उपत्यकामा बितरण हुन नसकेको बताए। उनले मेलम्ची खानेपानी छिटो ल्याउने वातावरण बनाउन खवरदारी गर्ने उदेश्यले प्रदर्शन गरिएको जिकिर गरे।

मेलम्ची खानेपानीमा अव पनि ढिलाई भए थप आन्दोलन गर्ने चेतावनी नेविसंघले दिएको छ। 

प्रकाशित मिति: १३:३० बजे, बुधबार, पुस ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्