Kathmandu Press

प्रधानसेनापति शर्मासँग राज्य व्यवस्था समितिकाे छलफल

प्रधानसेनापति शर्मासँग राज्य व्यवस्था समितिकाे छलफल

काठमाडौं, पुस ४ : राज्य व्यवस्था समितिले प्रधान सेनापति प्रभुराम शर्मासँग छलफल गरिरहेको छ।

राष्ट्रिय गौरवको आयोजना काठमाडौं–निजगढ फास्ट ट्र्याक र दार्चुलामा तुसर पानी–कोठेधार–तिंकर सडकबारे जानकारी लिन समितिले प्रधानसेनापति शर्मासँग छलफल गरिरहेको हो। यी दुवै आयोजनाको काम नेपाली सेनाले गरिरहेको छ।

फास्ट ट्रयाक निर्माणमा प्राविधिक मूल्यांकनमा फेल भएको कालिका कन्स्ट्रक्सनलाई पुनः मूल्यांकन गरी सामेल गराएको आरोप नेपाली सेनामाथि लागेको छ।

प्रकाशित मिति: १२:५७ बजे, बुधबार, पुस ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्