Kathmandu Press

निर्देशन पालना नभए सरकार लामो जाँदैन : सभापति खतिवडा

उनले भने ‘संसदबाट बनेको सरकार संसदीय समितिले दिएको निर्देशन राम्रोसँग पालना गरेन भने काम गरेन भने सरकार लामो समय जाँदैन, त्यो कुरामा ढुक्क रहनु।’
निर्देशन पालना नभए सरकार लामो जाँदैन : सभापति खतिवडा

काठमाडौं, पुस ३ : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समितिले दिएका निर्देशन पालना नगरे सरकार लामो समय नजाने चेतावनी दिएका छन्।

एनसेल शेयर खरिदबिक्री प्रकरणमा आज राज्य व्यवस्था समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएर छलफल गरेको थियो। बैठकले एनसेल प्रकरणमा कारबाहीका लागि सरकारलाई निर्देशन दिएको थियो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति खतिवडाले निर्देशन पालना नभए सरकार नै लामो समय नजाने चेतावनी दिएका हुन्। उनले भने ‘संसदबाट बनेको सरकार संसदीय समितिले दिएको निर्देशन राम्रोसँग पालना गरेन भने काम गरेन भने सरकार लामो समय जाँदैन, त्यो कुरामा ढुक्क रहनु।’

समितिले २०७४ सालपछि पहिलो पटक प्रधानमन्त्रीलाई समितिमा बोलाएर छलफल गर्न सफल भएको भन्दै उनले अब अन्य प्रकरणमा पनि छलफल गर्ने र आवश्यक निर्देशन दिने बताए। 

प्रकाशित मिति: २०:१७ बजे, मंगलबार, पुस ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्