Kathmandu Press

डंकी र सलारको अग्रिम बुकिङमा प्रतिस्पर्धा

डंकी र सलारको अग्रिम बुकिङमा प्रतिस्पर्धा

काठमाडौं, पुस ३ : शाहरुख खानको नयाँ फिल्म ‘डंकी’ डिसेम्बर २१ तारिखमा हलमा रिलिजको हुँदैछ।

‘डंकी’को एडभान्स बुकिङ पनि रिलिज हुनु एक साताअघि नै सुरु भएको थियो। जसमा शाहरुख खानको फिल्मले राम्रो कमाई गरिरहेको छ।

Hardik ivf

राजकुमार हिरानीको निर्देशनमा बनेको फिल्म ‘डंकी’ ले एड्भान्स बुकिङबाट अहिलेसम्म आठ करोडभन्दा बढी कमाइ गरिसकेको भारतीय मिडियाहरुले जनाएका छन्।

सासिनलिको भारतमा बक्स अफिसको कलेक्सनबारे रिपोर्ट प्रकाशित गर्ने स्केनलिकका अनुसार अहिलेसम्म डंकीको अग्रिम बुकिङबाट ८ करोड ६० लाख बढी कलेक्सन भएको छ । जसमा अहिलेसम्म २ लाख ९६ हजार बढी टिकट बिक्रि भइसकेको छ।  

‘डंकी’सँगै साउथ सुपरस्टार प्रभासको बहुप्रतिक्षित फिल्म ‘सलार’ को अग्रिम बुकिङ पनि भइरहेको छ । ‘सालार’ २२ डिसेम्बरमा रिलिज हुँदैछ।

यस्तो अवस्थामा दुवै चलचित्रले अग्रिम बुकिङमा एकअर्कालाई कडा प्रतिस्पर्धा दिइरहेका छन् । ‘सलार’ले अहिलेसम्म अग्रिम बुकिङबाट झण्डै ७ करोड आम्दानी गरेको छ।

‘डन्की’को फिल्म चोर माध्यमबाट विदेश जाने चारजनाको कथा हो। यो अवधिमा उनीहरुले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ।

फिल्ममा शाहरुख खानसँग तापसी पन्नुको केमेस्ट्री देखाइएको छ । यसका अलावा विक्की कौशल र बोमन इरानी पनि फिल्ममा छन्। सलार भने एक्सन प्रधान फिल्म हो।

प्रकाशित मिति: २०:१२ बजे, मंगलबार, पुस ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्