Kathmandu Press

एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठक र अधिवेशन स्थगित

मंगलबार दोस्रो दिन बसेको केन्द्रीय सचिवालयको बैठकमा पार्टीको महाधिवेशन केन्द्रीत विधान संशोधन, विधि, संरचना लगायतका बारेमा छलफल भइरहेको उनले बताए। सचिवालय बैठक शनिबार बस्नेगरी स्थगित भएको छ।
एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठक र अधिवेशन स्थगित

काठमाडौं, पुस ३ : नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय परिषद्को बैठक र तोकिएका सबै अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको छ।

नेता जीवनराम श्रेष्ठका अनुसार केन्द्रीय सचिवालय बैठकले पूर्व निर्धारित केन्द्रीय परिषद् बैठक र अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको हो।

मंगलबार दोस्रो दिन बसेको केन्द्रीय सचिवालयको बैठकमा पार्टीको महाधिवेशन केन्द्रीत विधान संशोधन, विधि, संरचना लगायतका बारेमा छलफल भइरहेको उनले बताए। सचिवालय बैठक शनिबार बस्नेगरी स्थगित भएको छ।

‘नेकपा एकीकृत समाजवादीको माघको १४ र १५ गतेलाई राखिएको केन्द्रीय परिषद् बैठक १५ गतेपछि मात्र तिथि तोक्ने गरी हाललाई स्थगित गर्ने निर्णय भएको छ । बैठक शनिबार निरन्तर हुन्छ,’ उनले भने।

आजको बैठकमा पार्टीको तीन सदस्यीय मस्यौदा समितिले पेस गरेको विधानमाथि छलफल जारी रहेको उनले जानकारी दिए। केन्द्रीय कमिटीको संख्या कस्तो बनाउने, निर्वाचनको विधि कस्तो गर्ने भन्ने विकल्पमा छलफल भइरहेको उनले बताए।

‘संगठनको संरचनालाई प्रदेश, जिल्ला, निर्वाचन समन्वय कमिटी, नगर कमिटी र पालिका मातहतका कमिटीहरु छन् । त्यसमा पनि कुन संरचनाको ढाँचामा जाने, कार्यकारी कमिटी कुन–कुनलाई बनाउने, समन्वयकारी कमिटीहरु कुन–कुनलाई बनाउने भन्ने विषयमा छलफल अगाडि बढिरहेको छ,’ नेता श्रेष्ठले भने।

प्रकाशित मिति: १८:५६ बजे, मंगलबार, पुस ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्