प्रधानमन्त्रीले शितलनिवासमा राष्ट्रपतिलाई भेटे
नियमित भेटघाट अन्तर्गत राष्ट्रपति र प्रधानमन्त्रीविच समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ।
काठमाडौं, पुस ३ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही समयअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेर फर्केका छन्।
प्रधानमन्त्री दाहालले शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट गरे पनि कारण भने खुलेको छैन। नियमित भेटघाट अन्तर्गत राष्ट्रपति र प्रधानमन्त्रीविच समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ।
प्रकाशित मिति: १५:४२ बजे, मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











