Kathmandu Press

एनसेलको सेयर बिक्रीविरुद्धको रिटमा सर्वोच्चले छलफलमा बोलायो

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिट निवेदक र सरकारलाई छलफलमा बोलाएको हो। सर्वोच्चले उक्त प्रकरणमा सरकारसँग लिखित जबाफसहितको कारण समेत माग गरेको छ।
एनसेलको सेयर बिक्रीविरुद्धको रिटमा सर्वोच्चले छलफलमा बोलायो

काठमाडौं, पुस ३ : सर्वोच्च अदालतले एनसेलको ८० प्रतिशत सेयर बिक्रीविरुद्ध परेको एक रिटमा मंगलबार अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा डाकेको छ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिट निवेदक र सरकारलाई छलफलमा बोलाएको हो। सर्वोच्चले उक्त प्रकरणमा सरकारसँग लिखित जबाफसहितको कारण समेत माग गरेको छ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेल बिक्री रोक्न माग गर्दै दिएको रिटमा छलफलमा डाकिएको हो। सर्वोच्चले आगामी पुस १६ गतेका लागि छलफलको समय दिएको छ । त्यस दिन रिट निवेदक, सरकार र एनसेल आजियटा लिमिटेडविच अन्तरिम आदेशका बिषयमा संयुक्त इजलासमा छलफल हुनेछ।

रिट निवेदक सिंहले नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा सेयर खरिद–बिक्री भएको दाबी गर्दै रिट दिएक थिए। रिटमा उक्त कारोबारलाई मान्यता नदिन सर्वोच्च समक्ष माग गरिएको छ।

प्रकाशित मिति: १५:३७ बजे, मंगलबार, पुस ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्