Kathmandu Press

डा. सन्तोष पौडेललाई वीरकाे निर्देशकबाट हटाउने निर्णय कार्यन्वयन नगर्न सर्वोच्चको आदेश

न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पौडेललाई हटाउने स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
डा. सन्तोष पौडेललाई वीरकाे निर्देशकबाट हटाउने निर्णय कार्यन्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, पुस ३ : डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पौडेललाई हटाउने स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

यो आदेशसँगै वीरको निर्देशकबाट हटाइएका डा. सन्तोष पौडेललाई पुनः वीर अस्पतालमा फर्किन बाटो खुलेको छ।

स्वास्थ्यमन्त्री बस्नेतले मंसिर १४ गते पौडेललाई निर्देशकबाट हटाएका थिए। त्यसपछि उनी सर्वोच्च गएका थिए।

प्रकाशित मिति: १५:०८ बजे, मंगलबार, पुस ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्