भैसेपाटीमा मन्त्रीको क्वार्टरसँगै टहरामा आगलागी
क्वार्टरसँगै काममा खटिएका मजदुर बस्ने टहरामा समेत आगो लागेको र हाल नियन्त्रणमा आइसकेको भैँसेपाटी प्रहरी प्रभागले जनाएको छ।-1702973690.jpg)
काठमाडौं, पुस ३ : ललितपुरको भैँसेपाटीस्थित बन्दै गरेको मन्त्री क्वार्टरसँगै रहेको एक टहरामा आगलागी भएको छ।
क्वार्टरसँगै काममा खटिएका मजदुर बस्ने टहरामा समेत आगो लागेको र हाल नियन्त्रणमा आइसकेको भैँसेपाटी प्रहरी प्रभागले जनाएको छ। करेन्ट सर्ट भएर आगलागी भएको बताइएको छ।
प्रहरीका अनुसार बिहान सवा ११ बजेतिर लागेको आगो नियन्त्रणमा आइसकेको छ। आगलागीबाट एउटा टहरोमा बाहेक अरु ठूलो क्षति नभएको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १४:०० बजे, मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











