Kathmandu Press

एनसेलन प्रकरणको छानविन गर्न बनेको समिति विगठन गर्न सांसद् पन्तको माग

शर्मा महालेखा परीक्षक भएका बेला तयार पारिएको प्रतिवेदनमा टंकमणिले विवरण हटाएर एनसेलको पक्षमा काम गरेकाले अहिले उनैलाई छानबिन समिति संयोजक बनाउनु गलत रहेको पन्तको भनाई छ।
एनसेलन प्रकरणको छानविन गर्न बनेको समिति विगठन गर्न सांसद् पन्तको माग

काठमाडौं, पुस ३ : एमाले सांसद रघुजी पन्तले एनसेल प्रकरणको छानविन गर्न सरकारले गठन गरेको समिति विगठन गर्न माग गरेका छन्।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले समितिका संयोजक टंकमणि शर्मामाथि नै प्रश्न उठेकाले समिति खारेज गर्नुपर्ने बताएका हुन्।

शर्मा महालेखा परीक्षक भएका बेला तयार पारिएको प्रतिवेदनमा टंकमणिले विवरण हटाएर एनसेलको पक्षमा काम गरेकाले अहिले उनैलाई छानबिन समिति संयोजक बनाउनु गलत रहेको पन्तको भनाई छ।

पन्तले महालेखा परीक्षक भएका बेला महालेखाको वार्षिक प्रतिवेदनमा नै एनसेलको पक्षमा काम गर्ने व्यक्तिलाई संयोजक बनाएको भन्दै सार्वजनिक रूपमा प्रश्न उठेकाले समिति विघटन गर्नुपर्ने तर्क गरे।

‘छानबिन समितिको संयोजकमाथि प्रश्न उठेको छ, यसलाई डिजल्भ गरेर न्यायिक समिति गठन गरियोस्। छानबिन समितिमाथि नै सार्वजनिक रूपमा प्रश्न उठ्यो,’ उनले भने, ‘टंकमणि महालेखा परीक्षक हुँदा एनसेललाई छुट दिएको भन्ने सार्वजनिक रूपमा प्रश्न उठिसकेको थियो।’

छानबिन स्वच्छ हुन्छ भन्ने कुराबाट होइन व्यवहारबाटै पुष्टि हुनुपर्ने बताउँदै उनले अहिले गठित समिति संयोजक कसरी सुद्ध व्यवहार गर्न सक्छन् भन्ने कुरा व्यवहारबाट पुष्टि हुनुपर्ने बताए।

सांसद पन्तले अहिलेको समिति विघटन गरेर पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन गर्न सुझाव दिए।

प्रकाशित मिति: १३:४० बजे, मंगलबार, पुस ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्