Kathmandu Press

प्रदेशवासीलाई बीमाको पहुँचमा पुर्‍याउँछौं : मुख्यमन्त्री कार्की

उनले प्रदेशवासीलाई शिक्षा, स्वास्थ्य, विपद्लगायत क्षेत्रमा सहज र सुलभ सेवा उपलब्ध गराउन प्रदेशवासीमा बीमाको पहुँच पु¥याइने जानकारी दिए।
प्रदेशवासीलाई बीमाको पहुँचमा पुर्‍याउँछौं : मुख्यमन्त्री कार्की

माेरङ, पुस ३ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पु¥याइने बताएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल बीमा प्राधिकरणद्वारा आयोजित कार्यक्रममा उनले प्रदेशवासीलाई शिक्षा, स्वास्थ्य, विपद्लगायत क्षेत्रमा सहज र सुलभ सेवा उपलब्ध गराउन प्रदेशवासीमा बीमाको पहुँच पु¥याइने जानकारी दिए।

‘अहिले आगलागीका घटना नै धेरै भइरहेको अवस्थामा निर्देशिकाअनुसार सरकारले राहतस्वरूप अधिकतम ५० हजार उपलब्ध गराउँदै आएको छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘तर त्यो प्रयाप्त छैन्, हामीले त्यसलाई बीमासँग जोड्न सक्यौँ भने पीडितलाई थप राहत महसुस हुन्छ।’
 
उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा लेखराज दाहालले बाख्रा र बङ्गुरको बीमामा भुक्तानीका लागि बीमा कम्पनीमा  निकै झण्झटिलो अवस्था सिर्जना भएकामा  बीमा प्राधिकरणको ध्यानाकर्षण गराए। भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रमेशकुमार सिंहले सडकलगायत भौतिक संरचना निर्माणमा हालसम्म बीमामा गरेको लगानी बालुवामा पानी हालेसरह भएकामा यसमा सुधार गर्न सुझाव दिए।

नेपालको वित्तीय क्षेत्र सुधार रणनीतिअन्तर्गत गाउँगाउँसम्म बीमाको पहुँच पु¥याउन तीनै तहको सरकारसम्म पुग्ने प्रयास भइरहेको बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उल्लेख गरे। उनले  बीमा गरिएका बाख्रा र बङ्गुर मरेपछि किसानले अत्यधिक मूल्य माग गर्ने गरेकाले चुनौती थपिएको बताए।

प्रकाशित मिति: १२:२१ बजे, मंगलबार, पुस ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्