प्रधानमन्त्रीले देशबासीका नाममा विशेष सम्बोधन गर्ने
सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले देशबासीको नाममा विशेष सम्बोधन गर्ने भएका छन्।-1700913616.jpg)
काठमाडौं, पुस ३ : सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले देशबासीको नाममा विशेष सम्बोधन गर्ने भएका छन्।
दाहाल प्रधानमन्त्री नियुक्त भएको आगामी मंगलबार एक वर्ष पूरा हुँदैछ। त्यही अवसरमा प्रधानमन्त्री दाहालले देशबासीको नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए।
प्रधानमन्त्री दाहाल आफैँले एक वर्षपछि नयाँ ढंगले काम गर्न चाहेको बताउँदै आएका छन्। दाहालले सोमबारमात्रै पनि आफ्नो कार्यकालको दोस्रो वर्षलाई विशेष बनाउन चाहेको बताएका थिए।
प्रकाशित मिति: १०:५० बजे, मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











