अन्तर्घातीलाई कारबाही गर्न सहयोग पाइनँ : सभापति देउवा
कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति दउवाले चुनावमा कांग्रेसमा खुट्टा तान्ने प्रवृत्ति रहेको बताए।
नुवाकोट, पुस २ : कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्न आफूले सहयोग नपाएको बताएका छन्।
कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति दउवाले चुनावमा कांग्रेसमा खुट्टा तान्ने प्रवृत्ति रहेको बताए।
‘पार्टीमा घात अन्तर्घात छ, खुट्टा तानातान पहिलेदेखि भएकै हो। पार्टीलाई सुधार्नु छ, अन्तर्घातीलाई कारबाही गरौ भन्दा कारबाही गर्न पाइदैन भन्छन्,’ सभापति देउवाले भने।
अहिलेको निर्वाचन प्रणालीका कारण एउटा मात्र पार्टीको बहुमत नआउने भन्दै देउवाले चुनावअघिको गठबन्धन बाध्यता भएको बताए।
प्रकाशित मिति: २०:३७ बजे, सोमबार, पुस २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार