Kathmandu Press

शेखर काेइरालाले मागे प्रधानमन्त्रीसँग रिपोर्ट कार्ड

‘जनतामा निराशा र आक्रोश छ, स्वाभाविक हो,’ उनले भने, ‘त्यो आक्रोश र निराशा गणतन्त्रप्रति होइन, संघीयताप्रति होइन। नेतृत्वप्रति हो भन्ने मलाई लाग्छ।’
शेखर काेइरालाले मागे प्रधानमन्त्रीसँग रिपोर्ट कार्ड

नुवाकोट, पुस २ : कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको रिपोर्ट कार्डको मागेका छन्। कांग्रेस नुवाकोटको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागेका हुन्।

पुस ५ देखि १० गतेसम्म प्रधानमन्त्रीले काठमाडौं नछोड्न मन्त्रीहरुलाई भनेको आफूले सुनेको बताउँदै उनले प्रधानमन्त्रीले मन्त्री र आफूहरुले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने बताए।

‘म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु। हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो । प्रधानमन्त्रीज्यू, तपाईंको रिपोर्ट कार्ड हामीलाई चाहिएको छ,’ नेता कोइरालाले भने।

नेता कोइरालाले अहिले गणतन्त्रमाथि देशैभर ठूलो आक्रमण भइरहेको आफूले पाएको बताए।

‘जनतामा निराशा र आक्रोश छ, स्वाभाविक हो,’ उनले भने, ‘त्यो आक्रोश र निराशा गणतन्त्रप्रति होइन, संघीयताप्रति होइन। नेतृत्वप्रति हो भन्ने मलाई लाग्छ।’

आफूहरूले राम्रो काम गर्न थाल्ने हो भने पक्कै पनि गणतन्त्र र राजतन्त्रका कुराहरू नआउने बरु ओझेलमा पर्ने उनले बताए।

कोइरालाले संसदीय व्यवस्थामा अर्थमन्त्रीले राम्रो वा नराम्रो जे गरे पनि त्यसको सबै जस अपजस प्रधानमन्त्रीले लिनुपर्ने बताए।

प्रकाशित मिति: १८:०७ बजे, सोमबार, पुस २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्