Kathmandu Press

पार्टीको विधान संशोधन गर्ने तयारीमा एकीकृत समाजवादी

पार्टीको विधान संशोधन गर्ने तयारीमा एकीकृत समाजवादी

काठमाडौं, पुस २ : नेकपा एकीकृत समाजवादीले पार्टीको विधान संशोधन गर्ने तयारी गरेको छ। पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको सचिवालय बैठकमा पार्टीको विधान संशोधन कार्यसमितिले विधान संशोधन प्रस्ताव पेश गरेको हो।

आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका क्रममा विधान संशोधनका लागि पार्टीका संगठन विभाग प्रमुख वेदुराम भुसाल संयोजकत्वको समितिले सचिवालय बैठकमा प्रस्ताव पेश गरेको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो। विधान संशोधन प्रस्तावमाथि मंगलबार पनि सचिवालय बैठकमा छलफल हुने उहाले बताए।

प्रस्तावमाथि आएका सुझावहरुलाई समेटेर अघि बढाइने उहाले बताउनुभयो। सचिवालयको बैठकपछि पौषको ९ गते स्थायी कमिटी, १० गते पोलिट्व्युरो र पौष ११ र १२ गते केन्द्रीय कमिटिको बैठक बस्ने समाजवादीले जनाएको छ। त्यस्तै समाजवादीले माघको १४ र १५ गते राष्ट्रिय सम्मेलनको आयोजना गर्ने यसअघि नै निर्णय गरिसकेको छ। 

प्रकाशित मिति: १७:२९ बजे, सोमबार, पुस २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्